समाचार

रत्न शोभामा विकासका लागि सडक नाटक तयारी तालिम

Spread the love

पोखरा, ११ पुष ।
पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा विकासका लागि सडक नाटक तयारी तालिम आज देखि शुरु भएको छ । कोपिला नेपालको सहयोग र रत्न शोभा माविको व्यवस्थापनमा तालिम ३ दिन सम्म हुने भएको छ ।

कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी भएको उक्त तालिममा समाजमा घटेका घटनाहरुको पहिचान गरी ती घटनाहरुलाइ कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पवित्र पौडेलले सहजीकरण गरेकी थिइन् ।

पुष ११ देखि १३ गते सम्म सञ्चालन हुने तालिमको आज पहिलो दिनमा सामाजमा विद्येमान विकृति र विसंगती विरुद्धको सचेतना सम्बन्धि सडक नाटक तयारी गरिरहेको र  समाजमा घट्न सक्ने सामाजिक विकृति र विसंगती जस्ता क्रियाकलापको न्यूनिकरण गर्न तालिम फलदायी भएको तालिममा सहभागी विद्यार्थी रेनुसा जिसीले बताइन् ।

Related Articles

Close