समाचार

पोखरा २७ रेडक्रस उपशाखाको एक्काइसौं साधारण सभामा विभिन्न व्यक्तित्व सम्मानित

Spread the love

लेखनाथ, २१ पुस ।
नेपाल रेडक्रस सोसाइटी पोखरा –२७ लेखनाथ नेपाल रेडक्रस सोसाइटी पोखरा २७ को एक्काइसौं साधारण सभामा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् ।
बार्षिक साधारण सभाको अवसरमा उप–शाखालाई विभिन्न समयमा सहयोग पु¥याउदै आउनु भएका निर्वतमान सभापति हिरामणि सुवेदी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ, लायन्स क्लव अफ लेखनाथका प्रथम उपाध्यक्ष बुद्धि बास्तोला र शिक्षक विष्णु तिवारीलाई कदर पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो । उपशाखाले शनिवार आफनो २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कास्की शाखाका निवर्तमान सभापति बामदेव ढुंगानाले रेडक्रस मानव सेवाका लागि विपत ब्यवस्थापनमा सहयोग गर्ने संस्था भएको धारणा राख्दै रेडक्रस अभियानलाई दुरदराजसम्म लैजानु पर्नेमा जोड दिएका थिए।
उपशाखाका सभापति खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँड, लेखनाथ उद्योग बाणिज्य संघकी कार्यसमिति सदस्य जानुका पराजुली, वडा नं २७ का वडासदस्य शेखरनाथ लामिछाने, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, उपशाखाका निवर्तमान सभापति हिरामणि सुवेदी, सदस्य शिवमोहन अधिकारी, डायमण्ड माविका प्राचार्य यमवहादुर रोक्का लगाएतले रेडक्रसको बारेमा चर्चा गरेका थिए ।
सोही उपशाखाका सचिव तिलकशाली सापकोटाले संचालन गरेको सो कार्यक्रममा स्वागत उपाध्यक्ष राधामोहन पौडेलले गरेका थिए भने धन्यवाद ज्ञापन सदस्य बलराम देवकोटाले गरेका थिए ।

Related Articles

Check Also

Close
Close