गण्डकी प्रदेशसमाचारसमाजस्थानीय

लायन्स क्लबहरुद्धारा बाडीपिडितलाई राहत वितरण

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २६ असार ।
अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ क्लस्ट नं ३० अन्तर्गतका विभिन्न क्लबहरुले पहिरोमा परी मृत्यु भएका पोखरा २६पैते डाँडा निवासी ३२ वर्षीय विवेक विकका परिवारलाई नगद रु ३० हजार सहयोग गरेका छन् ।

लायन्स क्लब अफ पोखरा मिड टाउनबाट ३ हजार, लायन्स क्लब अफ पोखरा बराही टाउनबाट ३ हजार, लयान्स क्लब अफ पोखरा स्मार्ट टाउनबाट ३ हजार , लायन्स क्लब अफ पोखरा अम्मरबुद्धबाट ५ हजार, लायन्स क्लब अफ पोखरा एभरेष्ट टाउन बाट ४ हजार , लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीबाट ५ हजार, लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीबाट ५हजार , लायन्स क्लब अफ वेगनास तालनगरीबाट ५ हजार ५ सय, लायन्स क्लब अफ लेखनाथ सुनगाभाबाट ५ हजार, लायन्स क्लब अफ लेखनाथ स्मार्ट टाउन ५ हजार , क्लस्टर ३० का क्लस्टर प्रमुख सूर्य नारायण बरालबाट ५ हजार, लायन्स क्लब अफ पोखरा अम्मर बुद्धका मिना थापाबाट पोखरा १ हजार सयोग गरेका थिए ।

अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का को चिफ एड्भाइजर विनोद ढुंगानाले पैते डाँडा टोल विकास संस्थाका अध्यक्ष हर्क बहादुर विक र सचिव गोविन्द परियारलाई राहत समाग्री हस्तान्तरण गरेका थिए ।
राहत हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक को चिफ एड्भाइजर विनोद ंढुंगानाले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने अन्तराष्ट्रिय लायन्स क्लबको मूल्य र मान्यतालाई आत्मसाथ गर्र्दै क्लस्टर ३० अन्तर्गतका लायन्स क्लबहरुले मानविय सेवाका कार्यमा रहत वितरण गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि बाडी पिडितहरुलाई आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी क्लस्टर प्रमुख सूर्य नारायण बरालले क्लस्ट मातहतमा रहेका क्लबहरुलाई छोटो समयमा राहतका लागि आग्रह गरे अनुसार सहयोग गर्ने सम्पूर्ण क्लबहरुलाई धन्यवाद दिएका थिए भने कार्यक्रम सन्चालन रिजन चियर पर्सन शान्त थापाले गरेकी थिइन् ।

क्लस्टर नं. ३० अन्र्तगतका क्लवहरुले ५० थान ब्लाङकेट, ५० मिटर पि फर्म, ४ बोरा चामल गरी १५२ जनालाई १ दिनको लागी पुग्ने खाना र बन्दोवस्तीका सामानहरु वितरण गरिएको क्लस्टर प्रमुख सुर्यनारायण बरालले जानकारी दिए ।
क्लस्ट नं.२८ का क्लबद्धारा राहत वितरण
यसै गरी पैते डाँडा पहिरोबाट पिडितहरुलाई लायन्स क्लव ३२५ बि १ अन्र्तगत क्लस्टर नं. २८ का क्लवहरु लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लव अफ पोखरा उज्यालो चौतारी र लायन्स क्लव अफ पोखरा यूनिटी चौतारीले १७ बोरा चामल, ४१ लिटर तेल, ४१ पोका नुन, १६ कार्टुन चाउचाउ र ४१ थान त्रिपाल वितरण गरेको छ । राहत सामग्री ३२५ बि १ नेपालका को–चिफ एडभाईजर विनोद ढुंगाना, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष राजु बराल लगायतले हस्तान्तरण गरेका थिए ।

बर्षासगै घर पछाडीबाट आएको पहिरोले विवेक विक को घर भत्कदा उनको घटना स्थलमै निधन भएको हो । स्थानियवासी र सुरक्षा निकायको सहयोगमा पहिरोबाट मृतक बिकको शव निकालीएको थियो ।

बर्षाका कारण उक्त ठाउमा रहेका करिव ७२ वटा घरहरुमध्ये ३४ घर परिवारका करिव एक सय ५२ जना प्रभावित भएका भने पाँच घर उच्च जोखिममा परेका छन् । पहिरोबाट विस्थापित घरपरिवारलाई अहिले वडा नं. २६ को पहलमा स्थानिय अमरज्योति आधारभुत विद्यालयमा वस्ने व्यवस्था मिलाईएको छ भने खानाको व्यवस्था नेपाल रेडक्रस सोसाईटी कास्की शाखाले गरेको छ ।

यसै गरी रात भरीकौअबिरल वर्षाका कारण पहिरोबाट विस्थापित घरपरिवारलाई  लायन्स क्लब अफ लेखनाथ, लायन्स कलब अफ लेखनाथ सिमसार, लायन्स क्लब लेखनाथ मेट्रोसिटीलेआकास्मिक तथा प्रारम्भिक सहयोग गरेका छन् ।  सहयोग स्वरूप चिऊरा, बिस्कुट, चाऊचाऊ खाद्यान्न सामग्री वितरण गरिएको  बताइएको छ ।

Related Articles

Close