समाचार

राईजिङ स्टार युथ क्लब बाट आर्थिक सहयोग

Spread the love

राईजिङ स्टार युथ क्लब बाट आर्थिक सहयोग
ऋषिराम रानाभाट
लेखनाथ, १७ बैशाख ।
सामाजिक सेवामा क्रियासिल रहँदै आएको पोखरा २७ मा रहेको राईजिङ स्टार युथ क्लबले क्यान्सर विरामी दिप्ति जिसीलाइ रु.८५ हजार आर्थिक सहयोग गरेको छ । पोखरा २७ बस्ने नबिन जिसीका छोरी बर्ष ११ की दिप्ति जिसीलाइ भरतपुर अस्पतालमा सो रकम पोखरा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ र क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङले संयुक्त रुपमा ८५ हजारको चेक दिप्तिका बाबा नबिन जिसीलाइ हस्तान्तण गरे । दिप्तिको स्वास्थ्य लाभको कामना गर्दै थोरै भए पनि आर्थिक सहयोग गर्न सबै सामाजिक संघ संस्थाहरु, व्यक्ति विशेषलाइ अध्यक्ष गुरुङले आग्रह गरे ।
क्यानसर जस्तो खतरानाक रोग सगँ लडिरहेकी दिप्तिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देश बिदेशमा रहेका सबै दाजु भाइ दिदीबहिनीहरुमा यथासक्य आर्थिक सहयोग गरिदिन क्लबका अध्यक्ष गुरुङले आग्रह गरे।

Related Articles

Check Also

Close
Close