समाचार

राईजिङ स्टार युथ क्लवले सुरु ग¥यो सफाई अभियान

Spread the love

पोखरा, भदौ २ ।
पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा रहेको राईजिङ स्टार युथ क्लवले शनिवार देखि रिठेपानी बृहत सफाई अभियान सुरु गरेको छ।स्थापना काल देखी लागु औषध विरुद्द जनचेतना फैलाउदै सभ्य समाज निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको राईजिङ स्टार युथ क्लवले सफाई अभियान सुरु गरेको अध्यक्ष बिष्णु प्रसाद गुरुङले जानकारी दिएका छन् ।

साविक लेखनाथ नगरपालिका २ लाई कार्य क्षेत्र बनाएको क्लवले रिठेपानीमा सफाई गरेको उनले वताए । पहिलो चरणमा आफ्नो टोल सफा गर्छौ अनि समुदाय हुँदै वडा सम्म पुग्ने हाम्रो लक्ष्य छ गुरुङले भने ।अभियानको पहिलो दिनमा क्लवका सदस्यहरु सहित स्थानीय समुदाय हरुको वाक्लो उपस्थिति रहेको सस्थाका सचिव श्याम खनालले जनाए। वि सं २०५३ सालमा स्थापना भएको क्लवले शुरुवात देखी नै लागु औषध विरुद्द जनचेतना मुलक कामहरु गर्दै आएको थियो।

११ औं पटक सम्म खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको क्लवले खेल क्षेत्रमा युवा हरुलाई अगाडी बढाउन भलिवल, भुस्क्षय रोक्न वृक्षारोपण , खाद्यन्न वितरण जस्ता विभिन्न कार्य गरिसकेको र यस हप्ता देखि सफाई अभियान लाई निरन्तरता दिने क्लवका सचिव खनालले जानकारी दिए । युवा हरुको जोस र जागर लाई महानगरले सधै साथ र सहयोग गर्ने संस्थापक अध्यक्ष तथा वडा नं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले प्रतिवद्दता जनाएका छन् ।

Related Articles

Close