समाचारसमाजस्थानीय

रिठेपानी सहकारीको ८ औं वार्षिक साधारण सभा सम्पन्न

Spread the love

लेखनाथ,२९ असोज ।

पोखरा महागरपालिका वडा नं २७ को रिठेपानीमा रहेको रिठेपानी बचत तथा ऋण सहकारी सस्थाको आठौं बाषिक साधारण सभा विहिवार सम्पन्न भएको छ ।

सस्थामा रहेका एक हजार पाँच सय ६८ सेयर सदस्यहरुलाई एक हप्ता लगाएर प्रतिवेदन बुझाउने र सेयर सदस्यको सुझाव संकलन गर्ने काम सम्पन्न गरि विहिवार कार्यसमितिका पदाधिकारी,विभिन्न उप समिति र सल्लाहकारहरुको सामुहिक भेलाले प्रतिवेदन उपर छलफल गरि परिमार्जन सहित साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले एकै प्रकृतिका सहकारीलाई एकिकरण गरी पुँजी बृद्धिबाट मेगा सहकारी बनाउन सकिएमा लगानी र रोजगारीका अवसरहरु सृजना हुने सुझाव राखेका थिए ।

साथै अध्यक्ष गुरुङले संचालकहरु स्थानिय भएकाले विश्वासको आधारमा सहकारीहरु संचालन भएको धारणा राख्दै सेयर सदस्यको लगानीलाई सुरक्षीत गर्न सहकारीहरुले आय आर्जनको क्षेत्रको छनोट गरि उत्पादनसिल क्षेत्र तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

सस्थाका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुश प्रसाद गुरुङले प्रगती प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष रामप्रसाद अधिकारीले आर्थीक प्रतिवेदन र लेखा समितिका संयोजक कप्तान ईन्द्र बहादुर गुरुङले लेखा प्रतिवेदन पेश गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष प्रकाश पन्तले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close