समाचारस्वास्थ्य

बृहत् पोखरामा सफाइ अभियान रिठ्ठेपानीमा सम्पन्न

Spread the love

लेखनाथ,३ फागुन ।
१९४ औं हप्ताको बृहत् पोखरामा सफाइ अभियान रिठ्ठेपानीमा सम्पन्न भएकोे छ । पोखरामा जारी १९४ औं हप्ताको बृहत् सफाइ अभियान राईजिङ स्टार युथ क्लबलाई समर्पण गर्दै वडा नं. २७ रिठ्ठेपानीमा राईजिङ स्टार युथ क्लबको ७४ औ सरसफाई अभियान सगैं सम्पन्न भएको हो ।
प्रत्यक्ष रुपमा सहभागी भई ऐक्यबद्धता जनाएकोमा कास्की प्रहरी प्रमुख एस पी दानबहादुर कार्की , पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर, ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमख अर्जुन रानाभाट , पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमी त्यस क्षेत्रमा क्रियाशील संघसंस्थाहरु,प्रगतिचोक आमा समाज, बित्तीय संस्था गण्डकी बिकास बैक, मुक्तिनाथ बिकास बैक, प्रभु बैक लगायतमा पोखरा उपत्यका बृहत सरसफाईका संयोजक राम बहादुर पौडेलले हार्दिक आभार प्रकट गरेका थिए । राइजिङ्ग स्टार युवा ल्कवका रिठेपानीका अध्यक्ष विष्णुप्रसाद गुरुङ सहभागी संघ सँस्था साथै सहभागीहरु संग आउनेदिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दै थोरै भएपनि समाजसेवामा जुट्न आग्रह गरेका थिए ।

Related Articles

Check Also

Close
Close