समाचार

रोजगारको खोजीमा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गरिछाड्ने प्रधानमन्त्री ओलीको अठोट

Spread the love

काठमाण्डौ , १३ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारको खोजीमा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गरिछाड्ने अठोट दोहोर्याएका छन् ।व्यवस्थापिका–संसद्मा सरकारले पेश गरेको नीति तथा कार्यक्रमा सांसद्हरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले चारोकै खोजीमा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्घोष गरे ।
उनले नेपाललाई केही वर्षभित्रै पहिलो विश्वमा पुर्याउन सरकार प्रतिवद्ध रहेको र त्यो सपना देख्ने किसिमको नीति तथा कार्यक्रम रहेको औँल्याउँदै ‘महत्त्वाकांक्षी’ भएको भन्ने सांसद्हरूको टिप्पणी ठिकै भएको तर्क गरे । “सपनै देख्न नहुने श्रापित त हामी छैनौँ होला,” उनको तर्क थियो । “नेपाललाई पहिलो विश्वमा पुर्याउन पाइँदैन, पुग्नै नसक्ने अभिशप्त हो ? कति वर्ष लाग्छ, बेग्लै कुरा हो, शुरूआत यो सरकारले गर्छ,” उनको भनाइ थियो । उनले जनताले दोस्रो नागरिकको अनुभूति गर्न नपरोस् भनेर सरकारले काम गरिरहेकोसमेत बताए । यो सधैँ ल्याइने चल्ते चलाते नीति कार्यक्रम होइन, कर्मकाण्डी छैन,” उनको प्रष्टोक्ति थियो ।
नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभाबाट पारित भएको हो । सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिएन्न ।

Related Articles

Check Also

Close
Close