समाचार

रुपा सहकारी संस्थाको पन्ध्रौ साधारण सभा सम्पन्न

Spread the love

लेखनाथ, असोज ६ ।
पोखरा महानगरपालिका वडा नं ३० को गगनगौडामा रहेको रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको १५ अ‍ैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले सहकारीले बचत गर्ने बानीको विकास गराउदै पुजीँलाई चलायमान बनाउने भएकोले संकलीत पुजीँलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्नुु पर्ने सुझाब राखेका थिए ।

सहकारीहरुले हिजोका दिनका झै सहकारी संचालन नगरि सेयर सदस्यमा आर्थीक उपार्जनका लागि केही गरौं भन्ने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष धनप्रसाद गुरुङ्ग अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका लेखा संयोजक घनश्याम रेग्मी, हाम्रो गौरव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलनाथ कुँवर, गगनगौडा वचत तथा ऋण सहकारीका अध्यक्ष श्रीप्रसाद पन्थी, गगनकालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव किसान परीयार, जनता वचत तथा ऋण सहकारीका अध्यक्ष शोभामोहन पौडेल, संस्थाका निवर्तमान अध्यक्ष धु्रव के.सी. संस्थाका सदस्य विष्णुवहादुर भुजेल, पुर्व सदस्य शिला थापा लगायतले बोलेका थिए ।

सस्थाका सचिव बलराम अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महेन्द्रराज बस्नेतले गरेका थिए । सोही अवसरमा सस्थाले विभिन्न क्षेत्रमा रहेर सहकारीलाई सहयोग गर्ने महानुभाबहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा अध्यक्ष धनप्रसाद गुरुङ्गको मन्तव्य, सचिव बलराम अधिकारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजन कल्याण बड्गामीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Articles

Close