खेलकुुदसमाचार

‘साग’ भलिबलको खेलतालिका सार्वजनिक

Spread the love

काठमाडौं, मंसिर ५ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को भलिबलको खेलतालिका सार्वजनिक भएको छ । सागको महिला तथा पुरुष दुवैको खेलतालिका सार्वजनिक भएको हो ।

महिला र पुरुष दुवैतर्फ समूह चरणमा नेपालको समूहमा भारत र बंगलादेश परेका छन् । अर्को समूहमा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा यही मंसिर ११ देखि १७ गतेसम्म चल्ने प्रतियोगिताको महिलातर्फ नेपालले ११ गते बंगलादेशसित खेल्दै सागको सुरुआत गर्नेछ । त्यस्तै, १३ गते शुक्रबार भारतसित खेल्नेछ ।

‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सागको उद्घाटन दशरथ रंगशालामा मंसिर १५ गते हुने भएपनि भलिबलका खेलहरु ११ गते नै हुन लागेका हुन् ।

नेपाली महिला टोली

नेपाली महिला टोलीले बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जितेकाले सागको स्वर्णपदकको दाबेदार मानिएको छ । नेपाली महिला टोली अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रनेछ । अरु खेलाडीहरुमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी विष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा केसी रहेका छन् ।

नेपाली पुरुष टोली

नेपाली पुरुष भलिबल टोली इमबहादुर रानाको कप्तानीमा कोर्टमा उत्रनेछ । अरु खेलाडीहरुमा राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरिहजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरणसामरी क्षेत्री, कुलबहादुर थापा र रविन चन्द रहेका छन् ।

Related Articles

Close