खेलकुुदसमाचार

सागको समापन आज गरिंदैै, नेपाल र भुटान विच पुरुष फुटलबल फाइलन हुने

Spread the love

काठमाण्डौ, २४ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) बिशेष कार्यक्रमकाविच आज (मंगलबार) समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराए। सदस्यसचिव सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताए। समापन समारोहकै दिन नेपाल र भुटानबीच अपरान्ह ३ बजे फाइनल हुनेछ।
त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुनेछ। फुटबल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह सुरु हुनेछ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नेछन्। त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहनु हुने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्नुहुने छ । समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी गराए।

Related Articles

Close