समाचार

गगनगौंडाको सतीघाटमा शव दाह बन्ने,

गण्डकी प्रदेश सांसद कोइरालाद्धारा शिलन्यास

Spread the love

लेखनाथ, ११ साउन ।
पोखरा महानगरपालिका वडा नं. ३० स्थित गगनगौंडा सेती नदि किनारमा ७० लाखको लागतमा सवदाह स्थल निर्माण गरिने भएको छ । आगामी २०७७ साल जेठ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सव दाहस्थलको शनिबार गण्डकी प्रदेशका सांसद एवं विकास समितिका अध्यक्ष दिपक कोईरालाले शिलन्यास गरेका छन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कोईरालाले शवदाह स्थल निर्माण गर्ने दायित्व सरकार र स्थानियको भएकोमा जोड दिंदै एक आपसमा सहकार्य गर्दै कार्य अगाडि बढाउनुपर्नेमा जोड दिदै स्थानीय र सरकार मिलेर विकास निर्माणको कार्य अगाडी वढेमा विकासको गति अगाडी वढ्ने कुरामा जोड दिए ।
कार्यक्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ्गले धर्म, कर्म र मुल्य र मान्यतामा रहेर सवै मिलेर विकास निर्माणमा लाग्नु पर्ने शुझाव राखिन् ।
सतिघाट शवदाह स्थलको सल्लाहकार देवराज पन्थीले स्वागत मन्तव्य गरेको सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, वडा नंं ३२ का वडा अध्यक्ष अक्कलवहादुर कार्की वडा नंं ३१ का वडा अध्यक्ष कमल थापा, ने.क.पा.का जिल्ला सदस्य दिलीप न्यौपाने, सल्लाहकार समितिका सदस्य प्रेम लिगल, ने.का. वडा नं. ३२ का सभापति टेकनाथ पन्थी, शवदाह स्थल समितिका सल्लाहकार तिर्थ जङ्गली, कार्यसमितिका सदस्य कृष्णप्रसाद पौडेल, आर्थीक संयोजक शिवराज ढुङ्गाना, उप–संयोजक अरुणा थापा मगर लगायतले ऐतिहासिक एवं परम्परागत रुपमा चलेको नव सवदाह स्थलको निर्माणले व्यवस्थीत हुन र निर्माण कार्यमा जुट्न सवैलाई आग्रह गरे ।
सतिघाट सवदाह स्थल निर्माण समितिका अध्यक्ष राजु के.सी.को सभापतित्वमा भएको सो कार्यक्रममा सचिव वुद्धि गिरीले कार्यक्रमको संचालन गरेको थिए ।
सतिघाट सवदाह स्थलको वरिवरी फलाम सहित चिता, साधारण चिता र प्रतिक्षालयको निर्माण हुने छ ।

Related Articles

Close