समाचार

रत्न शोभामा विकासका लागि सडक नाटक तयारी तालिम सम्पन्न

Spread the love

लेखनाथ,१३ पुष ।
पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा विकासका लागि सडक नाटक तयारी तालिम शुक्रबार सम्पन्न भएको छ । बुधवार देखि शुरु भएको तालिम कोपिला नेपालको सहयोग र रत्न शोभा माविको व्यवस्थापनमा सम्पन्न भएको विद्यालयको प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले जानकारी दिए ।

कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी रहेको उक्त तालिममा समाजमा घटेका घटनाहरुको पहिचान गरी ती घटनाहरुलाइ कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पवित्र पौडेलले सहजीकरण गरेकी थिइन् । तालिममा सहभागी विद्यार्थीहरुले समापन कार्यक्रममा समाजमा विद्येमान सामाजिक अन्ध विश्वास, कुरुती, विसंगती र विकृति सम्बन्धि चेतना मुलक सडक नाटक प्रस्तुत गरेका र तालिम फलदायी भएको विद्यार्थी रेनुसा जिसीले बताइन् ।

यसै विच सोही विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकहरुको संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर गुरुङले समग्र शैक्षिक सुधारका निम्ति शिक्षक, विद्यार्थीहरु, अभिभाव एवम् प्रशासन सबैले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पूरा गर्न आग्रह गर्दै विद्यालयमा भएका वर्तमान समस्या प्राथमिकताको आधारमा व्यवस्थापन गर्दै जाने बताए ।

सदस्य लालमोहन तिवारीले वर्तमान अवस्थामा समय सापक्षे अनुसार विद्यालयलाइ अगाडि बढाउनुपर्नेमा जोड दिंदै सबैको सहयोगबाटै मात्रै सम्भव हुने बताए । विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यालयको वर्तमान अवस्थाको वारेमा जानकारी गराउँदै सबैको समन्यव भएमा जुन सुकै समस्या पनि समाधान गर्न सकिने बताए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इमान गुरुङ लगाएत सदस्यहरुको उपस्थिति रहेको अन्तक्रियामा शिक्षक÷शिक्षिकाहरुले शैक्षिक सुधारका लागि सुझावमुलक धारणा राखेका थिए ।

Related Articles

Close