खेलकुुदसमाचार

साफ यु–१८ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

सबै खेल हलचोक मैदानमा

Spread the love

काठमाडौं, साउन २४ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

बंगलादेशको ढाकामा साफले बिहीबार सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी पाकिस्तान पाएको छ । समूह ‘ए’मा रहेको नेपालले पाकिस्तानसित आउँदो असोज ३ गते खेल्नेछ ।साविक विजेता नेपालको समूहमा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

नेपालले दोस्रो खेलमा असोज ५ गते माल्दिभ्ससित र अन्तिम खेल असोज ७ गते भुटानसित खेल्नेछ  अर्को समूहमा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । सबै खेलहरु सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकको मैदानमा हुने जनाइएको छ ।

Related Articles

Close