खेलकुुदसमाचार

सरकारले साफ उपविजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

Spread the love

१ कात्तिक, काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

Related Articles

Back to top button