अर्थ खबरसमाचार

ताल नगरी कृषि सहकारी संस्था र बेगनास बचत तथा ऋण सहकारी विच एकिकरण

बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था नामकरण

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, १६ कार्तिक ।
पोखरा महानगरपालिका वडा नं.३१ मा रहेका ताल नगरी कृषि सहकारी संस्था र बेगनास बचत तथा ऋण सहकारी संस्थाको एकिकरण गरिएको छ । एकिकरण गरिएको सहकारीको नाम बेगनास तालनगरी बचत तथा ऋण सहकारी संस्था लिमिटेट राखिएको छ । सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिकाको अध्यक्षमा जिवन तिवारी, उपाध्यक्षमा धु्रव राज न्यौपाने, सचिव हरिकृष्ण न्यौपाने, कोषाध्यक्ष विकेन्द्र तिवारी, सह सचिव मनिषा तिवारी, सदस्यहरुमा बुद्धि प्रसाद सुवेदी, कमल प्रसाद सापकोटा, सुनिता तिमिल्सिना पौडेल, रामेश्वर ढुंगाना, गीता खनाल, रीता बास्तोला रहेका छन् ।
यसै गरी लेखा समितिको संयोजकमा रमा नाथ पौडेल, सदस्यहरुमा ग्ुार्ण प्रकाश बञ्जरा, कल्पना पौडेल रहेका छन् भने विनियम निर्माण समितिको संयोजकमा रविन्द्र अधिकारी सदस्यहरुमा बसन्त ढकाल र चिरन्जिवी तिवारी रहेका छन् । ताल नगरी कृषि सहकारीका अध्यक्ष जिवन तिवारी र बेगनास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षतामा एकिकरण घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले दुइवटा सहकारी एकिकरण गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए। यसै गरी भूमि व्यवस्था तथा कृषि र सहकारी मन्त्रलायका प्रतिनिधि भुपेन्द्र थापा, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य सोमलाल कंडेल लगाएतले बोलेका थिए। नयाँ नामकरण गरिएको बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जिवन तिवारीले प्रतिबद्धता र उपाध्यक्ष धु्रवराज न्यौपाने धन्यवाद ज्ञापन गरेका थिए ।

एकिकरण सहजिकरणको संयोजकमा राममणी अधिकारी सदस्यहरुमा कृष्ण प्रसाद ढुंगाना र बाबुराम थापा रहेका थिए । सहजिकरण समितिका सदस्य कृष्ण प्रसाद ढुंगानाले कार्यक्रम सन्चालन गरेका थिए भने मर्जर समितिका सदस्यहरु विदुर त्रिपाठी, कृष्ण प्रसाद ढुंगाना , रामचन्द्र रानाभाट, बसन्त ढकाल र रमानाथ पौडेललाई सम्मान गरिएको थियो । यस अघि दुइवटै सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । एकिकरण सहकारीको शेयर सदस्य १०३१ र कुल पुँजी जम्मा ७ करोड ४२ लाख ७३ हजार ७ सय भएको उपाध्यक्ष धु्रव राज न्यौपानेले बताए ।

Related Articles

Close