समाचार

सक्नेरी वुद्ध आमा समुहको अवलोकन भ्रमण

Spread the love

लेखनाथ, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को सक्नेरी वुद्ध आमा समुहले छिमेकी मुलक भारतको सिक्कीम,दार्जलिङ र नेपालका विभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरुको साता ब्यापी अध्यान अवलोकन भ्रमण गरेका छन् ।
समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिबृद्धि र वाहिरी वातावरण तथा रमणिय स्थलहरुका वारेमा जानकारी लिने उदेस्यले राखिएको भ्रमण टोलीले बैशाख ३० देखि जेठ ५ गते सम्म अध्यन अवलोक भ्रमण गरेको कार्यक्रमका संयोजक सुबेदार मेघ बहादुर गुरुङले जानकारी दिएका छन् । समुहकी अध्यक्ष लालसुबा गुरुङको नेतृत्वमा निस्कीएको टोलीले सिक्कीममा रहेको चारधाम,ग्यान्टोक,छाङगो लेक र दार्जलिङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको थियो भने ईलामको चियावारी,धरानको बुढासुब्ब मन्दिर लगाएत अन्य रमणिय स्थलहरुको अवलोक गरेको बताईएको छ ।

Related Articles

Back to top button