समाचार

सक्नेरी टोल विकास संस्थाको अध्यक्षमा गुरुङ

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २९ भदौ ।
पोखरा महानगरपालिका वडा नं.२६ मा रहेको सक्नेरी टोल विकास संस्थाको १२ औं साधारण सभा एवम् ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गा बहादुर गुरुङलाइ अध्यक्षमा चयन गरेको छ । यसै गरी सर्वसम्मतरुपमा चयन भएका उपाध्यक्षमा राजेन्द्र प्रसाद रानाभाट, सचिवमा भिमनाथ अधिकारी, कोषाध्यक्षमा खेम प्रसाद भण्ढारी रहेका छन् । यसै गरी सहसचिवमा विञ्जना कंडेल ढुंगाना, सहकोषाध्यक्षमा हरी भक्त अधिकारी र सदस्यमा सारदा बराल रहेका छन् । यस अघि कार्यक्रममा वडा नं.२६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले टोल विकास संस्थाले आफ्नो टोलको विकासका लागि गरेको कामको प्रशंसा गर्दैै अगामी दिनमा सक्नेरी टोलविकास संस्थाले गर्ने सामाजिक कर्याक्रमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी पोखरा महानगरपालिका गरीबी न्यूनिकरण कार्यक्रम शाखाका प्रतिनिधि इन्दिरा न्यौपाने, उन्नती टोल विकास संस्थाका अध्यक्ष सारदा बराल, रामज्याति माविका प्रधानाध्यापक गमनाथ लामिछाने, सोही विद्यालयका विद्यालय व्यवस्थपन समितिका अध्यक्ष रंगनाथ तिमिल्सिना , बुढिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी लगाएतले टोलविकास संस्थाको काम , कर्तव्य र उद्धेश्येका वारेमा चर्चा गरेका थिए भने कार्यक्रमको सन्चालन निवर्तमान सचिव कमल रानाभाटले गरेका थिए ।

Related Articles

Close