मनोरञ्जन

‘दबंग’को नयाँ संस्करण आगामी वर्षदेखि शुरु हुने , सलमानसँगको निकटताका विषयमा सोनाक्षीले यसो भनिन्

Spread the love

एजेन्सी । बलिउडकी ‘दबंग’ गर्ल सोनाक्षी सिन्हा हालका दिनमा आफ्नो फिल्म ‘इत्तेफाक’को सफलताको खुशी मनाइरहेकी छन् । फिल्मको सफलताको खुशी मनाइरहँदा उनले आफ्नो र अभिनेता सलमानको विषयमा एउटा गहकिलो कुरा बोलेकी छन्।

सन् २०१० मा सलमानसँग अभिनित फिल्म ‘दबंग’मार्फत अभिनयमा डेब्यु गरेकी सोनाक्षीले ‘दबंग’को अर्को सिक्वलेको विषयमा नयाँ कुरा बोलेकी हुन् । उनले आफू फिल्मको अर्को संस्करणमा पनि जस्तो सुकै भूमिकामा पनि आउन तयार रहेको बताएकी छिन् । ‘फिल्ममा मेरो भूमिका सानो नै किन नहोस्, त्यसमा काम गर्न म तयार छु,’ उनले भनेकी छन्, ‘मलाई फिल्मी बाटो देखाएकामा जहिल्यै पनि सलमानप्रति आभारी छु । म आज जुन स्थानमा छु, त्यो दबंगको एउटा हिस्सा नै हो।’ नागरिकले छापेको छ ।
उनले ‘दबंग’को नयाँ संस्करण आगामी वर्षदेखि शुरु हुने बताइन् । आफ्नो करियरको शुरुवातमा हिरो केन्द्रित फिल्ममा काम गरेका कारण उनले दर्शकबाट आलोचना पनि खेपिन् । उनले प्रारम्भिक समयमा सलमानसँगै ‘दबंग’ र अक्षय कुमारसँग ‘राऊडी राठौर’मा अभिनय गरेकी थिइन् ।

===========================

Related Articles

Check Also
Close
Back to top button