समाचार

सल्यानमा हावाहुरीबाट चार लाख बढीको क्षति

Spread the love

फागुन २७, सल्यान : सल्यानमा आएको हावाहुरीले बिएण्डबी एकीकृत नमुना कृषि फर्ममा पूर्णरूपमा क्षति पुर्‍याएको छ। जिल्लाको कुमाख गाउँपालिका-४ घाटाचौरमा रहेको एकीकृत नमुना कृषि फर्ममा हावाहुरीले करिव ४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको हो।

हावाहुरीले ११ वटा टनेल उडाउनुका साथै टनेलका फलाम भाँचिएको फर्म संचालक घुर्क वुढाथोकीले जानकारी दिए। हावाहुरीले टनेलभित्र रहेका तरकारी र तरकारीका बोटबिरुवामा समेत क्षति पुर्‍याएको उनको भनाइ छ। हुरीसँगै आएको पानीले टनेलभित्र रहेका टमाटर, भान्टा, बोरी, सिमी, प्याज, काउली, आलु, मकैलागयतका विरुवामा समेत क्षति पुर्‍याएको छ।

२०७५ सालमा २० लाखको लगानीमा सुरु गरीएको एकीकृत कृषि नमुना फर्मबाट सल्यान रुकुम तथा जाजरकोट जिल्लामा तरकारी र तरकारीका विरुवा बिक्री वितरण हुँदै आइरहेको थियो। मौसमी तथा वेमौसमी तरकारी वाली र विरुवा उत्पादन गर्दै आइरहेको फर्ममा हावाहुरीले क्षति पुर्‍याएको बुढाथोकीले बताए। तरकारीवाली  र विरुवा उत्पादन गरी कृषिमा आत्मनिर्भर हुने ध्यायका साथ रुकुम चौरजहारी नगरपालिका-१ घरभै सल्यानमा जग्गा लिजमा लिएर फर्म संचालन गर्दै आएको बुढाथोकीले बताए।

Related Articles

Close