अन्य

समय अधिकमास

Spread the love

लेखनाथ, २ जेष्ठ
पंण्डित कृष्ण प्रसाद लामिछाने
समय भनेको काल हो । समयको गणना सेकेण्ड, मिनेट, घण्टा, दिन , रात , हप्ता, पक्ष, महिना, ऋतु, अयन, वर्ष यसैलाई ज्योतिष शास्त्र अनुसार बिपला, पला, घडी, अहोरात यसरी वर्ष गणना गरिन्छ । यसमा विशेष दुइ मासको गणना गरिन्छ ।
१) सूर्य मास
सूर्यमास २९ देखि ३२ दिन सम्मको एक महिना हुन्छ । यसरी १२ महिना÷३६५ दिनको एक वर्ष मानिन्छ ।
२) चन्द्रमास
चन्द्रमास जसलाई हामी तिथिबाट गणना गछौं । चन्द्रमास २९ दिन, १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्डको १ महिना । यसरी ३५४ दिनको एक वर्ष, यो सूर्य र चन्द्रमासको दिनको हिसाव गर्दा प्रत्येक साल ११ दिन पछि हुँदै आउँदा ३ वर्षमा चन्द्रमास ३३ दिनले चन्द्रमास र सूर्यमासको फरक महिना जसलाई अधिकमास वा मलमास भनि मिलाप गरिन्छ ।
ज्योतिष अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ति पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुइवटा सक्रान्ति परे भने क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना , १६ दिन, एक घण्टा, ३६ मिनेट पछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा ४१ वर्षमा आउन सक्छ ।
यसरी सूर्य र चन्द्रको चाल गतिको आधारमा वर्ष मिलन गर्न अधिकमास र क्षयमासको चलन ठाउँ अनुसार फरक हुन सक्छ । अधिकमास ३३ दिनलाइ हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो । सूर्य र चन्द्रमाको गति भने समान हुन सक्दैन । त्यसैले अधिकमास यह िमहिनामा पर्छ भनेर किटान गर्न सकिदैन । यस मासमा सूर्यले ग्रहण लागेकोले भानु, भास्कर इत्यादि नाम नभएको हुँदा भगवान पुरुषत्तोम श्रीकृष्ण स्वयमले अधिपतित्व स्विकार गरेको हुनाले यो महिमा पुरषत्तोम शास्त्रमा वर्णित छ । भगवान नारायणको पूजा सामान्य चलेपनि विावह, ब्रतबन्ध लगाएतका शुभ कार्य गरिदैंन । मलामास पति पत्नि ,विवाह गरेको प्रथम वर्ष हो भने साथमा नबस्नु र गर्भधारणको कार्य भएमा सन्तानमा केही खोट वा पारिवारिक सम्बन्ध विग्रन्छ भने मुहुर्त मार्तण्डका र मूर्ता चिन्तामणी अगाएतका पुस्तकमा पाइए पनि परम्परा गक्ष अनुसार चल्नु पर्ने हुन्छ ।
यस जेष्ठ महिनामा गर्न हुने नियमित कर्म, दान, ब्रत, पुण्य,मानव कल्याणका लागि न्वारन, जात कर्म, अन्यष्टि,श्राद्ध मानव हित कल्याणकारी कार्य गर्न सकिन्छ । एक भक्त, नक्त भेजन, उपवास, भागवत कथा, माहात्म्य श्रवण गरी भगवान भाष्करको पूजा तथा कास्य पात्रमा ३३ मालपुवावस्त्र अन्न दिन दुखी गरीवलाइ दान दिएमा पुण्य मिल्दछ ।
२०७५ सालको जेष्ठ २ गतेबाट ३० गते सम्म अधिकमास परेको दशैं तिहार तिज जस्ता चाड पछाडी सरेका छन् । नेपाल पञ्चाङ्ग नर्णायक समितिले प्रकाशित गरेको पात्रो अनुसार विजय दशमी कार्तिक २ गते परेको छ भने नवरात्री आश्विन २४ मा परेको छ । अधिमासलाइ वर्जित भन्दा पनि अनुसन्धानको महिना भनेर मान्नु पर्दछ ।

Related Articles

Close