समाचार

राईजिड्ड स्टार युवा क्लवका अध्यक्ष गुरुङ सम्मानित

Spread the love

लेखनाथ,२१ पुष । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राईजिड्ड स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ सम्मानित भएका छन् ।
क्लब मार्फत सरफाई अभियान तथा लागु औषध नियन्त्रणमा स्थानिय युवाहरुलाई सकारात्मक वाटोमा हिँडाउँदै विषेश भुमिका निभाएकोमा रिठेपानी पैगी लामा परिवारले सम्मान एक कार्यक्रमका विच उनालाई सम्मान गरेको हो ।
ल्होसारको अवसर पारेर अध्यक्ष गुरुङलाई वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ तथा भूपू सैनिक क्लवका अध्यक्ष सुवेदार जगवहादुर गुरुङले कदर पत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
पैगी लामा परिवारका अग्रज ब्यक्तित्व लेप्टेन धनवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाअध्यक्ष पुर्णकुमार गुरुङले समाजमा उदाहरणीय काम गर्ने युवाहरु सदैव प्रेरणाका पात्र हुने वताएका थिए ।
यसैगरि भू पू सैनिक क्लवका अध्यक्ष सुवेदार जग बहादुर गुरुङले आफुले जीबनको थुप्रै समय समाजसेवामा विताएको अनुभव सुनाउदै युवाहरुलाई समाज सेवामा लाग्न प्रेरीत गरेको बताए । सो कार्यक्रमको संचालन मनप्रसाद गुरुङले गरेका थिए ।

Related Articles

Check Also

Close
Close