समाचार

सांसदलाई रकम दिदा विकास र समृद्धिमा असर हुने –मुख्यमन्त्री गुरुङ

Spread the love

पोखरा , जेष्ठ १४
निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रमको दुरुपयोग भएको भन्दै चारैतिर विरोध भईरहेको बेला प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तो बजेट दिन नहुने बताएका छन् । संघका सांसदलाई व्यक्तिगत रुपमा बजेट दिँदा भ्रष्टाचारले प्रश्रय पाउने जिकिर गर्दै उनले यसलाई संघीयता विरोधीको पनि संज्ञा दिए। सांसदलाई रकम दिदा विकास र समृद्धिमा असर र्पुयाउने भन्दै उनले अधिकार र राज्यशक्तिको बाँडफाँडको कुराले केन्द्रका केहीलाई पीडा हुनसक्छ तर रकम व्यक्तिलाई दिने कुराले भ्रष्टाचारलाई प्रश्रय दिने बताए।
उनले सांसदको योजना व्यक्तिगत हुने बताए। व्यक्तिको योजना स्थानीय तह र प्रदेशले कार्यान्वयन गर्ने कुरा संघीयता विरोधी भएको र यस्तो अवस्थाले प्रदेशलाई कमजोर गराउने उनको भनाई थियो। प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा मुख्यमन्त्री गुरुङले सोमबार संघीय शासन प्रणालीलाई स्थायित्व दिने जिम्मेवारी प्रदेश र स्थानीय तहको काँधमा आएको बताए। प्रदेश र स्थानीय सरकारबीच नीतिगत समस्या र साझा अधिकारका सूचीमा मेलमिलाप र सहमति हुनुपर्ने र योजनाबद्ध विकासले मात्र प्रदेश समृद्ध बन्ने उनले बताए।

Related Articles

Back to top button