समाचार

१९९० को सन्धि अद्यावधिक गरिने प्रधानमन्त्री ओलीको घोषणा

Spread the love

विराटनगर, २६ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसित गरिएको सन् १९९० को सन्धि अद्यावधिक हुने बताएका छन्। । प्रदेश १ को प्रदेश सभालाई पहिलो पटक शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १९९० को सन्धि अद्यावधिक गरिने जानकारी दिएका हुन्।

सन्धि अद्यावधिक गरिने विषयमा प्रधानमन्त्रीको टिप्पणी थियो, ‘यो हाम्रा लागि ठुलो उपलब्धि र राष्ट्रिय गौरवको विषय हुने छ।’सन्धिको पुनरावलोकनका लागि दुवै देशको विज्ञ समूहले काम गरिरहेको र छोटो समयमै नतिजा आउने उनको स्पष्टोक्ति थियो। प्रधानमन्त्री ओलीले भारतसित विभिन्न चरणमा कुराकानी गरिने जनाउँदै सिमाना, बाटो, पुल, बाँध आदि विषयमा विवाद रहेको स्वीकार गरे।

उनले देशको भौगोलिक अखण्डताका पक्षमा कुराकानी र निर्णय गरिने अडान व्यक्त दोर्होयाए। भने, ‘विवाद समाधान गर्न लागि कहाँ–कहाँ के–के खोल्नुपर्नेछ, हामी पहल गर्छौं।’ प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी र नेपाल पक्षबीच भइरहेका अस्वाभाविक क्रियाकलाप प्रति सचेत रहनुपर्ने आग्रह गरे। ‘भारतीय सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा नेपालीमाथि आक्रमण भएको र धम्क्याएको जस्ता कुरा सुनिएका छन्,’ उनको सुझाव थियो, ‘यस बारेमा पनि हामी विभिन्न चरणमा छलफल गरेर स्पष्ट हुनेछौं। यस्ता घटना हुन दिनु हुँदैन। यस्ता घटनाले राष्ट्र–राष्ट्रमा समस्या उत्पन्न गर्न सक्छ। त्यसैले सबैले बेलैमा ध्यान दिनु पर्छ।’ कहिलेकाहीं व्यक्तिगत रूपमा पनि विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैले आफ्ना लागि नभई मुलुकका लागि सोच्नुपर्ने आह्वान गरे।

Related Articles

Back to top button