समाचारस्वास्थ्य

नहरचोक नमूना टोल विकास संस्थाको सरसफाइ कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ९कार्तिक ।
पोखरा महानगरपालिका वडा नं.३१ मा रहेको नहरचोक नमूना टोल विकास संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । नहर चोक देखि वेगनासतालको बाँध सम्म सरसफाइ गरेको हो । संस्थाले आफ्नै पहलमा नहरको छेउमा रोपिएका फूलहरुको समेत गोडमेल गरेको छ । सके सफा गरौं नसके फोहोर नगरौं भन्ने पवित्र उद्धेश्येका साथ विभिन्न सामाजिक कार्य तथा मानविय सेवाका कार्यमा सक्रिय रहँदै आएको संस्थाले वेगनास युवा क्लबले आयोजना गर्दै आएको प्रत्येक हप्ताको शनिबार वृहत बेगनासताल सरसफाइ अभियानमा साथ दिंदै आएको संस्थाका अध्यक्ष सुधा थापा वरालले जानकारी दिइन् । संस्थाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको सरसफाइ कार्यक्रममा फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको संस्थाका सचिव गंगा थापाले जानकारी दिइन् ।

Related Articles

Close