समाचार

पोखरामा स्यानिटाइजर टनेल

Spread the love

पोखरा, ७ चैत्र ।
गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन सावुन पानीले हात धोयर स्यानिटाइजर लगाउनुपर्ने भनिदै आएकामा अब भने प्रत्येक व्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने भएको हो ।

महानगरको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइजेसन हुने भएको नेपाल इञ्जिनीरिङ एशोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए ।

“यो टनेलको प्रयोगसँगै महानगरमा प्रवेश प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन हुनेछ”, उनले भने, “महामारिकै रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यो प्रविधि उपयोगी बन्ने विश्वास लिएका छौँ ।”

उनका अनुसार गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकामा यस्तो स्यानिटाइजर टनेल आवश्यक रहेको बताउँदै उहाँले एउटा स्यानिटाइजर टनेल बनाउँदा रु. एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको जानकारी दिए ।

Related Articles

Back to top button