समाचार

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा प्रस्तुत गरिने

Spread the love

काठमाडौं, जेठ ४
आर्थिक वर्ष २०७५र०७६ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ७ गते संसदमा प्रस्तुत हुने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यलयबाट पठाइएको पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले ७ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने जानकारी दिए ।

शुक्रबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीप्रभावितलाई अहिलेसम्म राहत नदिइएको, मधेसमा नागरिकता लिन समस्या भएको, सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेकोलगायतका गुनासो गरेका थिए ।

Related Articles

Check Also

Close
Close