समाचार

विभिन्न विद्यालयमा अक्षरारम्भका साथ सरस्वती पूजा सम्पन्न

Spread the love

२७ माघ ।
माघ शुक्ल पञ्चमीका दिन हरेक वर्ष सरस्वतीको पूजा आरधाना गरिन्छ । यस दिनमा सिर्जना र शब्द रचना गर्ने अनि ससाना बाबुनानीहरूलाई अक्षरारम्भ गराउने काम पनि गरिन्छ । सिर्जना र ज्ञानको यात्रा अनन्त कालसम्म रहिरहोस् भन्दै पोखरा तथा लेखनाका विभिन्न विद्यालयहरुमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । पोखरा ३१ वेगनासताल स्थित डायमण्ड मोडल माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा आयोजित उक्त पूजा तथा अक्षरारम्भ कार्यक्रम विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा पूजा आराधाना गरिएको छ । कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक तथा भक्तजनहरूले पङ्क्तिबद्ध भई विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा १० जना साना बाबुनानीहरुले अक्षराम्भ गरिएको थियो ।

यसै गरी पोखरा महानगरपालिका वडा नं.३१ शिलशिला इग्लिस स्कुल र रेड गोल्ड मन्टेश्वरीको संयुक्त रुपमा सरस्वतीको पूजा आराधाना सम्पन्न भएको छ । पण्डित कृष्णप्रसाद लामिछानेले पूजारीको भूमिका निर्वाह गर्दै सहजीकरण गरेको सो कार्यक्रममा २५ जना साना बाबु नानीहरुलाइ अध्यक्षराम्भ गरिनुका साथै विद्यार्थीहरुले आफ्नो प्रतिभा कविता लेखन तथा वाचन र गीत लगाएतका सिर्जना प्रस्तुत गरेका थिए भने मन्टेश्वरी तथा नर्सरी कक्षामा नयाँ भर्ना खुलेको उक्त अवसरमा शिलशिला इङ्गलिस स्कुलका प्रिन्सिपल रोशन कोइरालाले जानकारी दिए । यसै गरी पोखरा ३० शिशुवामा रहेको न्यू लाइट माध्यमिक विद्यालयमा पनि शिक्षक, विद्यार्थीहरु, अभिभावक लगाएतले सरस्वतीको पूजा गरेका छन भने २७ जना साना साना बाबु नानीहरुलाइ अक्षराम्भ पनि गरिएको थियो ।

यसै गरी पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा पनि सरस्वतीको पूजा आराधाना गरी अक्षराम्भ गरिएको समाचार प्राप्त भएको छ । यसै गरी पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा ३३ जना साना बाबु नानीहरुलाइ अक्षराम्भ तथा सरस्वती पूजा सम्पन्न गरिएको विद्यालयका निर्देशक कमल खड्काले जानकारी दिए । यसै गरी पोखरा २६ अर्घौंमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा सरस्वती पूजा सम्पन्न भएको साहयक प्रधानाध्यापक ठाकुर प्रसाद घिमिरेले जानकारी दिए । यसै गरी पोखरा २६ अघौंमा रहेको न्यू एरा एकेडेमी माविमा पनि अक्षराम्भ तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल वेद प्रसाद वस्ताकोटीले जानकारी दिए ।

Related Articles

Close