समाचारस्वास्थ्य

वेगनासताल मन्धारेपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, १ चैत ।
पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल मन्धारेपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बेगनासताल डुङ्गा व्यवसाय समितिको आयोजना र पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा शनिवार एक कार्यक्रमका विच उक्त सरसफाइ कार्यक्रम मन्धारेर्पाकमा गरिएको हो । कार्यक्रममा फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको थियो । बेगनासताल डुङ्गा व्यवसाय समितिका अध्यक्ष सोमराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्ढारीले बेगनासताल पर्यटनको विकासले अथाह सम्भावना बोकेको स्थल भएको बताउँदै यस क्षेत्रको विकासका लागि नेपालमा भएको पर्यटकिय क्षेत्रको पर्यटन बोर्डले प्रचार प्रसारमा सहयोग गर्ने बताए । यस क्षेत्रमा रहेका स्थानिय सामाजिक संघ संस्थाहरु सँग समन्वयतात्मक भुमिकाको निर्वाह गर्न पनि उक्त अवसरमा भण्ढारीले सुझाव दिए । पोखरा महानगरपालिका वडा नं. ३१ वडा कार्यलय, पोखरा महानगरपालिका सँग पनि समन्वय गरी अगाढि बढ्नु पर्ने कुरामा जोड दिए। बेगनासताल डुङ्गा व्यवसाय समितिले ताल संरक्षण , विभिन्न भौतिक संरचनानाहरुको मर्मत र यस क्षेत्रको व्यापक प्रचार प्रसारका लागि पर्यटन बोर्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यर्सै गरी बेगनासताल डुङ्गा व्यवसाय समितिका निवर्तमान अध्यक्ष ढकनाथ कंडेलले धार्मिक तथा पर्यटकिय हिसाले निकै महत्वपूर्ण मानिएको बेगनासताल क्षेत्र विकासको हिसाबले निकै पछि परेको बताउँदै यस क्षेत्रको समग्र विकासको निम्ति यहाँका विभिन्न सामाजि संघ संस्थाहरुको एक्यवद्धताको आवश्यकता औंल्याए । बेगनासताल डुङ्गा व्यवसाय समितिका मार्फत अहिले काठको पटला, फाइबर पाइडल, ठूलो पाइडल, मोटर बोट, ठूलो डाँक गरी जम्मा पाँच प्रकारका डुङ्गा गरी जम्मा २५७ वटा डुङ्गा सञ्चालनमा रहेको र सोही अनुसार आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सेवा प्रदान गर्दै आएको बताए । बेगनासताल डुङ्गा व्यवसाय समितिले विभिन्न सामाजिक कार्यहरु गर्दै आए पनि प्रचार प्रसारमा ओझेलमा परेको पनि गुनासो व्यक्त गरे । कार्यक्रममा डुङ्गा व्यवसायीहरुले सुरक्षाको हिसावले एउटा प्रहरी विटको आवश्यकता, रेस्क्यु समूहको आवश्यकता, वेगनासतालको प्रचार प्रसारका लागि होडिङ बोर्ड, लाइफ ज्याकेटको राम्रो व्यवस्थापनमा समस्या, चालकलाई तालिमको व्यवस्था, र्सार्वजनिक शौचालको समस्या लागएतका विविध समस्याहरुका वारेमा वोलेका थिए ।

हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाक प्रहरी सहायक निरिक्षक अनु थापा, शिशुवा सि आर भी प्रहरी नायव निरिक्षक धनश्याम ढकाल, गाउँले मिडिया डट कम एवम् नेशनल एफ एमका समाचार प्रमुख ऋषिराम रानाभाट, बेगनासताल डुङ्गा व्यवसाय समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा बेगनासताल डुङ्गा व्यवसाय समितिका अध्यक्ष सोमराज कंडेलले बेगनासताल डुङ्गा व्यवसाय समितिले यस क्षेत्रको विकासका लागि सबै सामाजि संघ संस्थाहरुसँग हातेमालो गर्दै विकास निर्माणका कार्यहरु गर्दै आएको र तालको सौन्दर्यको संरक्षणका लागि विविध कार्यहरु गर्दै आइरहेको जानकारी गराउँदै धन्यवाद ज्ञापन गरेको कुरा कार्यक्रम संयोजक सूर्य बहादुर थापाले जानकारी दिए ।

Related Articles

Check Also

Close
Close