समाचार

शब्द भण्डार बढाउन स्क्रयाबल

Spread the love

पोखरा,११ फागुन ।
भाषा सिकाईमा शब्द भण्डार बढाउन पोखरामा स्क्रयाबल खेलको प्रभावकारिता सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
स्क्रयाबल क्लब पोखराको आयोजना तथा अमेरिकी दुतावासको प्राविधिक सहयोगमा दुई दिवसीय कार्यशाला सम्पन्न भएको हो ।
पोखराका विभिन्न विद्यालयका २७ शिक्षकहरुलाई सहभागी गराइएको दुई दिवसीय कार्यशाला पोखरा २६ अर्घौंको लक्ष्मी मा वि मा भएको थियो भने प्रशिक्षक द्घय वामनकुमार घिमिरे र केशबप्रसाद पराजुलीले सहजीकरण गरेका थिए ।
अंग्रेजी भाषा सिकाईमा शब्द भण्डार बढाउन विभिन्न खेलहरु ख्ोलाउन सकिने र त्यसमा स्क्रयाबल खेलको प्रभावकारी रहेको वताउदै प्रशिक्षक द्घय वामनकुमार घिमिरेले ए देखि जेडसम्मका अंग्रेजी अक्षरहरुको छुट्टाछुट्ै अङ्घभार , स्क्रयाबल बोर्डमा दिइने अङ्कभारका आधारमा ठाडो र तेर्सो रुपमा शब्दहरु बनाउदै अक्षरहरुको गोटीका माध्यमले खेलिने स्क्रयाबल तथा अन्य खेल विधिका वारेमा वताएका थिए ।
कार्यशालामा शिक्षकहरुले समूहमा विभिन्न खेलहरु बनाउदै कक्षाकोठाको पढाइलाई थप प्रभावकारी बनाउने प्रतिवद्घता व्यक्त गरेका थिए भने लक्ष्मी मा विका प्रअ जगन्नाथ अधिकारीले स्वागत तथासहायक प्रअ ठाकुर प्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Close