समाचार

एसईईमा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र

Spread the love

  काठमाडौं , २९माघ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र यस वर्षदेखि प्रदेशअनुसार फरक–फरक हुने भएको छ । एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले यस वर्षको एसईईको परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार कुल १ हजार ९६१ वटा परीक्षा केन्द्रबाट परीक्षा संचालन हुँदैछ ।

शिक्षा सचिव बरालले उत्तरपुस्तिका परीक्षणका लागि झण्डै ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने  जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने जनाउँदै २०७६ बाटमात्रै प्रदेशस्तरमा एसईई संचालन हुने जनाएको छ ।यस वर्षको एसईई चैत १० गतेबाट सुरु भई २१ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तालिका छ ।

Related Articles

Close