फोटो

युनिका र समिर बने ‘एसईई मोडल हन्ट’का बिजेता

Spread the love

काठमाडौं , १६ जेठ

युनिका पाठक र समिर तामाङ ‘एसईई मोडल हन्ट २०१९’ का बिजेता भएका छन्।

छात्रातर्फ ‘एसईइ मोडल हन्ट २०१९’  को उपाधी जितेकी युनिकाले ‘मिस फोटो जेनिक र मिस पपुलर’ को अवार्ड समेत जितिन्। यस्तै, छात्रतर्फ समिरले ‘मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस’को उपाधि जिते।

दुवैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस २ सम्म अध्ययनका लागि छात्रवृति, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको साथै अन्य पुरस्कार समेत जितेका छन्।

मंगलबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त प्रतियोगितामा छात्रा तर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित हुँदा छात्र तर्फ अतित महर्जन र आर्यमान राजभण्डारी फष्ट रनरअप र सेकेन्ड रनरअप भए।


Related Articles

Check Also

Close
Close