समाचार

सिड फाउन्डेसनद्धारा विपन्न छात्र छात्राहरुलाइ विद्यालय पोशाक वितरण

Spread the love

लेखनाथ, भदौ ५ ।
विभिन्न सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको सिड फाउण्डेसन कास्कीले आर्थिक रुपमा विपन्न भएका छात्र छात्राहरुलाइ विद्यालय पोशाक वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नं.३० पाउर हाउस सुकुम्बासी क्षेत्रमा रहेको सहिद स्मारक आाधारभुत विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीहरुलाइ एक कार्यक्रमका विच विद्यालय पोशाक वितरण गरिएको हो ।

सिड फाउण्डेसनका अध्यक्ष धु्रव अधिकारीले आजका वाल वच्चा राष्ट्रका भविष्यका खम्बा भएको चर्चा गर्दै आर्थिक रुपमा विपन्न रहेका विद्यार्थीहरुलाइ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस्ता वच्चाहरुको उज्वल भविष्य निर्माणका लागि सरोकारवालाहरुको पनि उत्तिकै जिम्मेवार र दायित्व रहेको अधिकारीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज लामिछाने को अध्यक्षतामा सम्पन्न भएको पोशाक वितरण कार्यक्रममा सिड फाउण्डेसनका निर्देशक दामोदर भक्त थापा, अभिभावक एवम् समाजसेवी प्रेम लिगल,पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सिना लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने प्रधाानाध्यापक शुसिला रेग्मीले विद्यालयको वस्तुस्थितिको वारेमा जानकारी दिएकी थिइन् ।

Related Articles

Close