समाचारसमाजस्थानीय

रत्न शोभामा दुई दिने आत्म रक्षा सम्बन्धि तालिम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ३१ चैत्र ३१– राइट फोर चिल्ड्रेनको आयोजना र रत्न शोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा दुइ दिने आधारभुत आत्म रक्षा सिप सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको छ । पोखरा महानगरपाकिला वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माध्यमिक विद्यालयमा उक्त तालिम सम्पन्न भएकओ हो ।
कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययन गर्ने छात्रा तथा शिक्षिकाहरुको सहभागित रहेको उक्त तालिममा राइट फोर चिल्ड्रेन एवम् नेपाल केन्पोकाइ एशोसियसनका प्रतिनिधि रविन नेपाली र नेपाल केन्पोकाइ एशोसियसनका प्रतिनिधि सबिना कौचामगरले सहजीकरण गर्नू भएको थियो ।
प्रशिक्षक नेपालीले नेपालमा महिलाहरु जीवनमा विभिन्न किसिमका समस्यासँग जुध्न नसकि अकालमा मृत्यु हुन परेको बताउँदै महिलाहरुले आफ्नो जीवन रक्षा गर्न, आत्म रक्षका लागि तालिममा सिकेका कुराहरु आफ्ना भाइबैनीहरुलाई सिकाइ आत्मबल बढाउने तालिमको मूख्य उद्धेश्ये भएको बताउनु भयो ।
६० जना छात्रा र शिक्षिकाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक सबिना काउचामगरले तालिमले छात्राहरुमा आत्मबल बढाउनुका साथै सकारात्मक सोचमा बृद्धि भइ पठनपाठानमा समेत टेवा पुग्ने बताउनु भयो ।

Related Articles

Close