समाचार

पोखराको सेतीनदीमा खसेका युवाको उद्धार

Spread the love

पोखरा , २७ माघ । पोखरा रंगशाला नजिकैको सेतीनदी खोँचमा खसेका एक युवकको सकुशल उद्धार गरिएको छ ।

केही दिन अघि कुकुर सेतीनदी खोँचमा परेका कारण आज विहान कुकुरको उद्धारको लागि पानीको वोतल लिएर सेतीनदीको किनारामा कुकुरको आवाज सुन्दै हिड्ने क्रममा एकाएक चिप्लेर खोचमा परी केही बेर वेपत्ता भएका करिब ३० बर्षीय आकास गुरुङको प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो ।

रेस्क्यू प्रहरीको टोलीले उद्धारमा खटिएको करिब एक घण्टामै गुरुङ र उनको कुकुरको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डि.एस.पी. यादव ढकालले बताए । सेतीनदीको खोंचमा झर्न पुगेका गुरुङको उद्धार पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सामान्य उपचार पश्चात आफन्तलाई बुझाइएको उनले जनाए । उनको शरीरमा लछारेको सामान्य डाम रहेको छ ।

Related Articles

Check Also

Close
Close