अन्य

यौन दुर्बलता समाधान गर्ने जडिबुटीको यसरी गरौँ पहिचान, यी हुन् यौन क्षमता बृद्धि गर्ने तीन जडिबुटीहरु

Spread the love

 

डा. राजेन्द्र गिरी

आयुर्वेद बिज्ञानमा यौन क्षमता बढाउनका लागि बाजिकरण चिकित्सा बिधि प्रयोग हुँदै आइरहेको छ । बाजिको अर्थ घोडा हो । घोडाको जस्तै “यौन क्षमता” बृद्धि गर्नु यसको उद्धेश्य हो ।

यौनलाई बढी सुखमय सफल र गुणवान सन्तान जन्माउनका लागि आयुर्वेद बिज्ञानमा आवश्यक आहार, औषधि र बिभिन्न बिधिहरुको बिशेष उल्लेख गरेको पाइन्छ ।

यौन दुर्वलता कम गर्न र यौन क्षमता बृद्धि गर्न आयुर्वेदमा बाजिकरण बिज्ञानमा उल्लेखित उपचार बिधि महत्वपूर्ण छ । रक्त निर्माणमा सहायता गर्ने,जनेन्द्रियका मांसपेशीहरुलाई मजबुत पार्ने, लिङ्गमा रक्तसंचार गर्ने गुणवान बिर्य उत्पादन गर्ने र बिर्यस्खलनलाई आवश्यकतानुसार नियन्त्रण गर्न प्रभावकारी छ ।

आयुर्वेद चिकित्सा बिज्ञानमा बिभिन्न जडिबुटीहरु जुन यौन दुर्वलताको लागि उपयोगी छन र आयुर्वेद औषधि निर्माणमा सम्मीश्रणको रुपमा प्रयोग हुन्छन जुन निम्न प्रकार छन ।

काउछो
बैज्ञानिक नाम मक्युना प्रुरिन्स र संस्कृतमा कपिकच्छु, आत्मगुप्ता, र नेपालीमा काउछो भनिन्छ । यो नेपालमा तराईदेखि पहाडी भागमा ४५०० फिटसम्मको उचाईमा जताततै पाइन्छ ।  

यसको लहरा जस्तो देखिने झाडीदार क्षुपको ३ वटा पातहरु भएको र ६–९ इञ्च लामा हुन्छन् । फूल नीला वा प्याजी रङ्का हुन्छन् र झुप्पामा फुल्दछन् । फल सिमीको जस्तै, २–४ इञ्च लामा र ०.५ इञ्चसम्म चौडा र बाहिरपट्टि बाक्लोसँग प्रशस्त झुस भएका हुन्छन् । फलभित्र सिमी जस्ता १–२ से.मी. व्यासका, सेता रंगका, चिल्ला, ५–६ वटा बीजहरु हुन्छन् ।

यसको रस मधुर, तिक्त हुन्छ भने र दोषकर्म पित्तवर्धक छ । यसको मुख्य कार्य बलबर्धक, मांसपेशी बृद्धि गर्ने गुणवान शुक्र उत्पादन गर्नु हो । यसमा प्रमुख रसायनिक तत्वहरुमा डोपा, सेरोटोनिन र लगायत प्रोटीन मिनरल आदि पाइन्छन ।

यसको मूख्य उपयोग धातुक्षय, ,यौन दौर्बल्य, कमजोरी, कम्पवात (हात काम्ने वातरोग) आदिमा हुन्छ । यसको प्रयोगगर्दा बीज चूर्ण ३–६ ग्राम, ताजा बीज ५–१० वटा बिहान–बेलुका गुड, मह वा दूधको तरसंग मिलाएर खान सकिन्छ । बजारमा वानरी गुटिका, शक्तिवद्र्धक योग, वाजीकर शक्तिको रुपमा पाईन्छ ।

कुरिलो
बैज्ञानिक नाम स्पारगस रेसीमसस र नेपालीमा कुरिलो भनिन्छ । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्वहरु पाईन्छ । स्वास्थ्य वर्धक र शक्तिवर्धक रुपमा लोकप्रिय छ । कुरिलोको जरामा डाईस्याकराईड्स, स्टार्च र प्रोटीन र डि–ग्लुकोज पाईन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोईड्स स्यापोनिन पाईन्छ ।

आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ । र रसायन पनि हो । रोग विरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको जराको रस निकालेर चूर्ण बनाएर अथवा पकाएर क्वाथको रुपमा प्रयोग गर्न सकिन्छ ।

चूर्ण वनाई दूधमा घोली खानुपर्छ । रसायनको रुपमा काम गर्ने र शरिरका कोषहरुमा पोषण र संचार गर्नेहुदा , धातुक्षय,यौनदूर्वलता आदिमा फाइदा गर्छ । यसको चूर्ण ३–६ ग्राम,स्वरस १०–२० मि.लि. र क्वाथ ५०–१०० मि.लि.प्रयोग गर्न सकिन्छ ।

अश्वगन्धा
यसको बैज्ञानिक नाम विथानिया सोम्निफेरा हो । र नेपालीमा अश्वगन्धा भनिन्छ । यो सोलानेसी परिवारको बनस्पति हो । यो यौनवर्धक, शक्तिवर्धक र शुक्रबर्धक रुपमा लोकप्रिय छ । संस्कृतमा यसको घोडाको जस्तो गन्ध भएकोले बजिगन्धा पनि भनिन्छ । यसको जरामा विथानोलाइट्स,सिउडोट्रोपिन र एनाफेरिन लगायत बिभिन्न सक्रिय रसायनिक तत्वहरु पाईन्छ ।

यो नेपालमा तराईदेखि भित्रि मधेस र तल्लो पहाडी भेग १००० मिटरसम्मको उचाईमा जताततै पाइन्छ । यो २ देखि ५ फिट अग्लो र हाँगाविगाहरु भएको बनस्पति हो । पातहरु २ देखि ४ इञ्च लामा हुन्छन् । जरा ६ इन्च देखि १ फिट लामो फुस्रो र सेतो हुन्छन् । यसले रसादि सबै धातुलाई पोषण गर्छ ।

Z

यसको उपयोग रसायन, बाजीकरण, बातब्याधि, अनिद्रा, दुर्बलता । स्नायूहरुलाई पोषित गर्ने चिन्ता र नैराश्यतामा पनि उपयोगि छ । लिङ्ग शिथिलता र यौन दुर्बलतामा यसको धुलो र तेल उपयोगि छ । यसको मात्रा चुर्ण ३ देखि ५ ग्राम दूध सँग सेवन गर्ने । तेल आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ । (यी जडिबुटीको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकको परामर्स लिनु श्रेयकर हुनेछ ।)

# डा गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रवन्ध निर्देशक हुन्

Related Articles

Back to top button