समाचार

एभरेष्ट बैंकद्धारा पोखरामा आधुनिक शवदाह गृहको निर्माण

Spread the love

एभरेष्ट बैंकद्धारा पोखरामा आधुनिक शवदाह गृहको निर्माण
पोखरा, असार २०।
एभरेष्ट बैंकले पोखराको शान्तिघाटस्थित सेतीनदी किनारमा आधुनिक शवदाह गृह निर्माण गरेको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे।

आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेटको अवधि मात्र लाग्ने बैंकका निर्देशक डा. बालगोपाल बैद्यले जानकारी दिए । उनले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य ठाउँमा पनि आधुनिक शवदाह गृह बनाउने बताए।

करिब ६० लाख रुपैयाँ लागतमा निर्माण भएको शवदाह गृहको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने छ। पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले शवदाह गृहको व्यवस्थित सञ्चालनका लागि कार्य्विधि तय गरिने बताए। उनले बातावरण संरक्षणका साथै वन पैदावारको जर्गेनामा पनि यसले सहयोग पु¥याउने बताए ।

असार महिना भर नयाँ शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने भएको छ। पोखरामा व्यवस्थित शवदाह गृह नहुँदा शव जलाउन कठिनाई हुँदै आएको थियो।

नयाँ शवदाह गृहमा जलाउँदा परम्परागतभन्दा थोरै दाउरामा जलाउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पोखराको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । आधुनिक शवदाह गृह निर्माणसँगै पोखराको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ।

Related Articles

Close