अर्थ खबरसमाचार

पोखरा ३० मा तिन सहकारीे एकिकरण

Spread the love

लेखनाथ, १९पुष ।  पोखरा महानगरपालिका वडा नं ३० मा सञ्चालनमा रहेका तिन सहकारीहरु एकिकरण भएका छन् ।
हाम्रो गौरव वचत तथा ऋण सहकारी, नवदुर्गा महिला वचत तथा ऋण सहकारी संस्था र गोरखनाथ कृषी सहकारी संस्था एक आपसमा एकिकरण भए पछि हाम्रो गौरव बचत तथा ऋण सहकारी सस्था भएको हो। तीन सहकारी एक भएपछि सस्थाको सेयर पुजी १४ करोड पुगेको छ भने सेयर सदस्यको सख्या करिव एक हजार छ सयको हाराहारी रहने वताईएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका रजिष्टार बद्रिनाथ अधिकारीले अव एउटै उद्धेश्य र एउटै भुगोल भएका सहकारीहरु एकिकरण गरेर ठुलो पुँजी भएको सहकारी बनाउँदै सहकारी आफैले उत्पादनको क्षेत्रमा लगानी गरेर सेयर सदस्यलाई आय आर्जनमा लगाउन सकिने सुझाव दिएका थिए ।
अवका दिनमा सहकरीहरुले निती नियममा रहेर सेयर सदस्यको पैसालाई ब्याजमा लगाएर नाफा कमाउने होईन सहकारीले त लगानीको माध्यमबाट वस्तु र सेवा बेच्नु पर्छ उनको भनाई रहेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का वडाअध्यक्षा श्रीराम पोख्रेल, हाम्रो गौरव वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश ढुंगाना, कोषाध्यक्ष चोलाकान्त च्वाई, नवदुर्गा महिला सहकारीकी अध्यक्ष लक्ष्मी ढकाल गोरखनाथ कृषि सहकारीका अध्यक्ष बलराम अधिकारी, त्रिभुवन शान्तिमाविका सह प्रधानाध्यापक लोकराज ढकाल, हाम्रो गौरव सहकारीका सल्लाहकार गजेन्द्र च्वाई, नवदुर्गा महिला सहकारीका सल्लाहकार रमा नेपाली, गोरखनाथ कृषि सहकारीका सल्लाहकार धु्रवनाथ अधिकारी लगायतले एकिकरणले सेयर सदस्यमा उर्जा र लगानीका सम्भावनाहरु वढेको धारणा राखेका थिए ।
हाम्रो गौरव वचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेमप्रसाद शर्माले स्वागत मन्तव्य र हाम्रो गौरव वचत तथा ऋण सहकारी संस्थाका सचिव धननाथ सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

Related Articles

Close