अर्थ खबरसमाचार

शक्ति महिला कृषि सहकारीको अध्यक्षमा श्रेष्ठ

Spread the love

लेखनाथ, ७ फागुन ।
महिलाहरु मात्र सदस्य रहेर दर्ता भएको शक्ति महिला कृषि सहकारी सस्था पोखरा –२६ को प्रारम्भिक साधारण सभाले मिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कृषिलाई ब्यवसायीक बनाउने उदेस्यले गठन भएको सस्थाको प्रारम्भिक साधारण सभाले सर्वसम्वत रुपमा नयाँ समिति चयन गरेको हो। जसको उपाध्यक्षमा विष्णुमाया अधिकारी,सचिवमा प्रभा कुमारी राजभाट,सह सचिवमा सन्तुमाया पौडेल र कोषाध्यक्षमा शरदा पौडेललाई चयन गरेको हो भने समितिको सदस्यहरुमा रुपकला श्रेष्ठ,हरि पाध्या,सर्मीला श्रेष्ठ,अम्विका खाती क्षेत्री,सुभद्रादेवि ढकाल र तिलसरी विक रहेकी छन् । यसैगरि समितिको लेखा संयोजकमा रेनु भटराई र सदस्यहरुमा सर्मीला रानाभाट र रमा श्रेष्ठ रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी सहासाखाका प्रमुख तेज नारायण अधिकारीले सहकारीहरुले ब्यवसायी उत्पादनलाई प्रथामिकता दिएर राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पुग्ने खालका कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए ।
सहकारीहरुले छरिएर रहेको पुजीँलाई एकिकृत गरि एक सहकारी एक उत्पादनको अभियानमा लागेर उत्पादीत वस्तुको वजारीकरण गरि सेयर सदस्यको आय अर्जनमा सहयोग पुग्ने गरि काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपाकिला वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले सहकारीको माध्यमबाट विकास निर्माणका कामलाई अगाडी वढाउन सकिने धारणा राखेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले सहारीले राष्ट्रिय अर्थतन्त्रम सहयोग पुग्ने खालका कार्यक्रम ल्याउन सक्नु पर्ने विचार राखेका थिए ।
शक्ति महिला कृषि सहकारी सस्थाकी अध्यक्ष मीना श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं २६ का वडासदस्य खड्क वहादुर रानाभाट,मुरली थापा,सस्थाका सल्लाहकार नवराज ढुगाना,लेखनाथ उद्योग बाणिज्य संघकी कार्यसमिति सदस्य मेनका श्रेष्ठ लगाएतले सहकारीको आवस्यकता र उपयोगीताका बारेमा आ आफनो धारणा राखेका थिए।
सस्थाकी सचिव प्रभा राजभाटले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विष्णुमाया पौडेलले स्वागत मन्तव्य राखेकी थिईन ।वि स २०७६ कार्तीकमा दर्ता भएको सहकारीमा अहिलेसमम्म एक सय ३८ सेयर सदस्यहरुबाट ४८ लाख २५ हजारको सेयर पुजी संकलन भईसकेको छ ।

Related Articles

Check Also

Close
Close