अन्य

आलु को प्रयोग गरी यसरी चम्किलो बनाउनुहोस अनुहार -बिधी सहित

Spread the love

एजेन्सी – आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका
सौन्दर्य प्रशाधनहरु पाईन्छ । जस्मा विभिन्न रसायनहरु मिसाईएको हुुन्छ ।
जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई प्राकृतिक उपायबारे
जानकारी दिन्छौं । यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु

१) १ वटा आलु

२) ½ कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई
कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २०
मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग

१) १ वटा आलु

२) ½ काँक्रो

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् ।
त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५
मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

potato

Related Articles

Back to top button