अर्थ खबरसमाचार

सहकारी सञ्चालनमा संचालक समिति, कर्मचारी र शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण हुने ः रविरमण अधिकारी

Spread the love

लेखनाथ, ३ असोज
पोखरा महानगरपालिका ३०, शिशुवामा अवस्थित लेखनाथकै उत्कृष्ट सहकारी हुन सफल शिशुवा सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि कास्की सहकारी संघका अध्यक्ष रबिरमण अधिकारीले सहकारीको महत्वका बारेमा आफ्ना विचार राख्दै संचालक समिति, कर्मचारी र शेयर सदस्यहरुले सहकारीको प्रगतिमा महत्वपुर्ण भुमिका खेल्ने धारणा ब्यक्त गरेका थिए।
शेयर सदस्यको संख्या १,२९९बाट १,४४५ पुर्याउने लक्ष्य लिएको सहकारीले रु ३,९४,२१,८०० शेयर हिसाब प्रस्तुत गरेको छ।
सहकारीका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्यहरुका तर्फबाट बिनोद प्रसाद लामिछाने, अनिता गौतम, एन आई सी बैंकका राजेन्द्र लम्साल, युनियन फाइनान्सका दिनेश तिवारी, शिशुवा कृषि सहकारी संस्थाका सल्लाहकार बामदेव शर्मा,चक्रदेवी सहकारी संस्थाका अध्यक्ष शिबराज अधिकारी, सहकारी मंचका तर्फबाट सोमलाल कंडेल, लेखनाथ उद्ध्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, शिशुवा कृषि सहकारीका निबर्तमान अध्यक्ष कृष्णप्रसाद तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिकहरु सम्मान गरिनुका साथै एस.ई.ईमा सामुदायिक बिद्यालय तर्फ ब्रह्मरुपा बिद्यालयबाट ३.५० जि पि ए ल्याउन सफल बन्दना ढकाल, निजि तथा संस्थागत तर्फ डायमण्ड मा.वि.बाट ३.९० जि पि ए ल्याउन सफल भावाना बास्तोला र न्यु लाइटबाट ३.८५ जि पि ए ल्याउन सफल कोनिथ थापालाइ सम्मान गरिएको थियो । त्यसै गरि उत्कृष्ट कृषक रामजी बास्तोला, बिक्रम लामिछाने, सरस्वती भट्टराई, श्री प्रसाद ढकाल, असल ऋणी भगवती सुनार, गोविन्द बहादुर सार्की, पल बहादुर विस्वकर्मा, असल कारोवारी मंजु भण्डारी, बाबुराम थापा, ऋषि सुबेदी लगायत राष्ट्रिय अन्तरास्ट्रिय ख्याती प्राप्त व्यक्तिमा सालिकराम गौतम, अनिल गौतम र सबिना गौतमलाई सम्मान गरिएको थियो।
संस्थाका उपाध्यक्ष बिष्णु भण्डारीले स्वागत गरेका थिए भने संस्थाका सविच नबिन प्रसाद बास्तोलाले कार्यक्रम संचालन गरेका थिए।

Related Articles

Close