समाचार

शीतल निवासमा चार मन्त्रीद्धारा शपथ ग्रहण

Spread the love

शीतल निवासमा चार मन्त्रीद्धारा शपथ ग्रहण
जेष्ठ १८, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकार विस्तार गरेका छन्। सरकार विस्तारसँगै रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। सँगै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समेत स्वास्थ्य सँगै उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यसैगरी यसअघि सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएका गोकुल बाँस्कोटालाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ। सँगै संघीय समाजवादी फोरमका सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बनेका छन् । जिम्मेवारी हेरफेर भएका दुई र नयाँ दुई मन्त्रीले शुक्रबार साँझ प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

Related Articles

Back to top button