समाचार

श्री स्वस्थानी व्रत कथा प्रारम्भ

Spread the love

७ माघ ।
आजकै दिनबाट माघमहात्मे अन्तर्गत ’श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ भएको छ । शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा ’स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ’स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, आठ अङ्क शुभ अङ्ककारुपमा लिईने गरिनछ । आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ । पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

Related Articles

Close