समाचार

श्रीकृष्ण प्रणामी बृन्दाबन धाममा सहयोग

Spread the love

लेखनाथ, ८ फागुन
पोखरा महानगरपालिका वडा नं २७ परमार्थनगर डाडाकोनामा रहेको श्रीकृष्ण प्रणामी बृन्दाबन धामलाई पोखरा २९ का विभिन्न संघ सस्थाले सामुहिक रुपमा सहयोग गरेका छन् ।
आश्रीममा वसोवास गर्ने अनाथ वालबालिकाको सहयोगार्थ सैनिव वस्ती ग्रुप नं १ समाज, सैनिव वस्ती आमा समुह र शिव शिक्त आमा समुह ग्रुप नं १ ले विहिवार एक कार्यक्रमका विच खाद्यान्न,फलफल तथा तरकारी सहयोग गरेको हो ।
आश्रमकी संचालिका कला गुरुङ,आश्रमका अध्यक्ष स्वामी विष्णु बशिष्ठलाई तिनै सस्थाका अध्यक्ष तथा सदस्यहरुको सामुहिक उपस्थितीमा उक्त सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रमममा बोल्दै आश्रमका अध्यक्ष स्वामी विष्णु वशिष्ठले सवैको साथ सहयोगले आश्रम संचालनमा सहयोग पुगेको र आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग र सद्भावको खाचो रहेको विचार राखेका थिईन भने संचालिका कला गुरुङले सहयोग गर्नेहरु कहिल्यै गरिव नहुने धारणा राखेकी थिईन ।
सोही अवसरमा सैनिव वस्ती ग्रुप नं १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ, सैनिव वस्ती आमा समुहकी अध्यक्ष श्रीमाया गुरुङ र शिव शिक्त आमा समुहकी अध्यक्ष लक्ष्मी सुनारले आश्रममा रहेका अनाथ वालवालिकाको लागि आवस्यक पर्ने खाद्यान्न सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने प्रतिवद्धता जनाएका थिए ।
उत्त आवसरमा तिनैवटा समाज र समाज अन्तरगत रहेका सदस्यहरुले पनि ब्यक्तिगत रुपमा विभिन्न प्रकारका खाद्यान्य, फलफुल,तरकारी तथा मरमसल सहयोग गरेका थिए ।

Related Articles

Check Also

Close
Close