अर्थ खबरसमाचार

सिलाई तालिमबाट व्यवसायिक बन्न अध्यक्ष गुरुङको आग्रह

Spread the love

सिलाई तालिमबाट व्यवसायिक बन्न अध्यक्ष गुरुङको आग्रह
लेखनाथ, १६ जेठ ।
पोखरा २९ स्थित ग्रुप नं. १ आमा समुहको आयोजनामा बुधबारबाट सिलाई तालिम शुरु भएको छ । सिलाई तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत ब. गुरुङले तालिममा सहभागि भएर व्यवसायीक बन्न आग्रह गरे ।वडाध्यक्ष गुरुङले महिला दिदिबहिनीहरुको आर्थिकस्तर उकास्ने खालका तालिमहरु सञ्चालन गरेकोमा प्रशंसा गर्दै वडाले पनि कम्तिमा ३ महिना अवधिका तालिमहरु र आयआर्जनको लागि सघाउ पुग्ने खालका तालिमहरुमा सहकार्य गर्ने निती लिएको बताए । गुरुङले युवा स्वरोजगार कार्यक्रमको बारेमा पनि सहभागिहरुलाई स्पष्ट पारेका थिए ।
कार्यक्रममा सैनिक वस्ती ग्रुप नं. १ समाजका अध्यक्ष सुवेदार चन्द्र ब. गुरुङले सिप सिकेर आत्मनिर्भर बन्न सकिनेमा जोड दिंदै लगनशिल भएर तालिममा सहभागी हुन प्रशिक्षार्थिहरुलाई आग्रह गरेका थिए ।यस्तै नेपाल भारत मैत्री संघकी तृतीय उपाध्यक्ष गुरुङले महिला दिदिबहिनीहरुका लागि तालिम निकै उपयुक्त रहेको र आगामी दिनहरुमा यस्तै अन्य थुप्रै किसिमका तालिमहरु सञ्चालन गर्न सकिने वताएकी थिईन ।
बुधबारबाट शुरु भएको तालिम भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । तालिममा ३२ जना प्रशिक्षार्थिहरु रहेका छन विद्या राई प्रशिक्षकको रुपमा रहने आयोजकले जनाएको छ । सल्लाहकारहरुको तर्फबाट बोल्दै तेज ब. गुरुङले तालिमको पुर्ण सफलताको कामना गरेका थिए । आमा समुहकी अध्यक्ष श्रीमाया गुरुङको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन मिरा घलेले गरेकी थिईन भने धन्यवाद ज्ञापन शिवशक्ती आमा समुहकी अध्यक्ष लक्ष्मी सुनारले गरेकी थिईन ।

Related Articles

Check Also

Close
Close