अर्थ खबर

सिलिड्डे कृषि सहकारीको समसामयिक विषयमा प्रशिक्षण

Spread the love

लेखनाथ,२५ जेठ ।
पोखरा लेखनाथ २६ मा रहेको सिलिड्डे कृषि सहकारी सस्थाले आफना सेयर सदस्यहरुका लागि सहकारी ऐन २०७४ मा उल्लेखित विधि तथा नियमका बारेका एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा बोलदै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले राज्यद्धारा जारी भइसकेको सहकारी ऐन २०७४ मा उल्लेखित केही विषय वस्तुहरु वर्तमान अवस्थामा संचालीत सहकारीहरुका लागि उपयुक्त नहुने सवालका बारेमा जानकारी गराउदै केही बुदाहरु परिबर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।
सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै देशको अर्थतन्त्रमा सहकारीले महत्वपुर्ण भुमिका निभाएको प्रशंग उठाउदै सेयर सदस्यको हक हितका सवालमा काम गर्न सक्ने खालेको ऐन आवस्यक रहेको बिचार राखेका थिए । सहकारीको बार्षिक कार्यक्रम अन्तरग राखिएको प्रशिक्षण कार्यक्रममा पवित्र बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष शिवबहादुर रानाभाटले सहकारीले आय आर्जनको क्षेत्रमा खेलेको भुमिकालाई आच नआउने गरि ऐनलाई परिमार्जन गनुृ पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव सुर्यप्रसाद वन्जराले गरेका थिए ।

Related Articles

Back to top button