समाचारसमाज

सिन्धुपाल्चोकको पहिरोमा ज्यान गुमाएका ११ को सनाखत

Spread the love

साउन ३१,सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी ज्यान गुमाउनेमध्ये ११ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ज्यान गुमाउनेमा पुरुष २, महिला ४ र बालबालिका ५ जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् ।

ज्यान गुमाउनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् । आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।

Related Articles

Back to top button