समाचार

सुन तस्करीका ठुला माछाका वारेमा गृहमन्त्रीले यसो भने

Spread the love

जेष्ठ २३, काठमाडौँ
गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्दै गर्दा ठुला माछाहरु छट्पटाईरहेको बताएका छन् । गृहमन्त्रीका रुपमा आफ्नो सयदिनेको काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करीको अनुसन्धान गर्न गठित समितिको म्याद थपिने बताए ।
उनले सुन तस्करीसँग हुण्डीको कारोवारी पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताएका थिए । गृहमन्त्री थापाले काम नगर्ने ठेकदारमाथि सुरु गरिएको कारवाहीलाई पनि निरन्तरता दिने स्पष्ट पारे । उपत्यकामा ५ सय विकास परियोजनामध्ये ३ सयको काम अलपत्र छन् । उनले भने, तर सबै ठेकदार भने धरधनी छन् । केही सांसद पनि ठेकदार होलान् । जसले समयमा काम पुरा गर्दैनन् उनीहरुमाथि कारवाही हुन्छ । उनले संघीय प्रहरी ऐन पनि छिट्टै जारी हुने जानकारी दिए ।

Related Articles

Back to top button