मनोरञ्जनसमाचार

रत्न शोभामा स्वागत कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
माझठाना, साउन ६ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीको सम्मानमा स्वागत कार्यक्रम गरिएको हो । कक्षा १२ का विद्यार्थी सुमिना तिमिल्सनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यार्थीहरुले आफ्नो चौतर्फी विकासका लागि अन्तर आत्मबाट सिक्नु पर्ने जरुरी रहेको भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न व्यवस्थापन समितिबाट आवश्यक व्यवस्थापन गर्ने बताए ।

यसै गरी शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङले विद्यार्थीले अनुशासनालइ कायम राख्दै आफ्नो अध्ययनमा लाग्न आग्रह गरे । यसै गरी विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीेले स्वागत र विदाइ कार्यक्रम विद्यालयको नियमित कार्यक्रम भएको बताउँदै विद्यालयले आयोजना गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुनपर्नेमा जोड दिंदै विद्यार्थीको शैक्षिक स्तर बृद्धिमा विद्यालय प्रशासनबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी शिक्षक ऋषिराम रानाभाट, शिक्षीका गोपी मायाँ गुरुङ, विद्यार्थीहरु कमला रानाभाट, मनिषा जिसी, विशाल तिवारी, सविना भुर्तेल, अर्जुन तिवारी लगाएतले वोलेका थिए । विद्यार्थी सुमित्रा वाग्ले र सुदान गुरुङले कार्यक्रम सन्चालन गरेका थिए भने विद्यार्थीहरुले विच विचमा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 

 

Related Articles

Close