समाचार

स्वस्तिक पोलिमर प्रा.लि बिराटनगरद्धारा पोखराका विक्रेताहरुसङ्ग भेटघाट तथा अन्तरक्रिया

Spread the love

पोखरा, भदौ १४ ।
स्वस्तिक पोलिमर प्रा.लि बिराटनगरले पोखराका विक्रेताहरु सङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। एसपिएल ब्रान्डका प्लास्टिकका विभिन्न घरायसी सामाग्री उत्पादन गरिरहेको स्वस्तिक पोलिमरले आफ्ना उत्पादनको उपयोगिता र गुणस्तर बारे विक्रेतालाइ थप जानकारी गराउने उद्देश्यले कम्पनीले शनिबार पोखरामा उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।
पोखरा भाडा व्यबसायि संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीका मार्के्टिङ म्यानेजर सैलेस न्यौपानेले कम्पनीले उत्पादन गरेको विभिन्न घरायसी सामाग्री बारेमा विक्रेतालाइ जानकारी गराएका थिए। कम्पनीले एक सय ३५ प्रकारका फुट्ने तथा नफुट्ने भाडा तथा घरायसी सामाग्री कम्पनीले उत्पादन गर्दै आएको सो अवसरमा न्यौपानेले बताए । कार्यक्रममा पोखरा एसपिएल ब्रान्ड डिलरका रूपमा रहेका शाक्य सेन्टर , न्यु अन्नपूर्ण (आर के) ट्रेडर्स , राजकुमार स्टोर्सका संचालकहरुले विक्रेताहरु माझ उत्पादनका बारेमा जानकारी दिएका थिए भने प्रदेश नम्बर ४ का यरिया सेल्स म्यानेजर जय ओझाले कार्यक्रम संचालन गरेका थिए।

Related Articles

Close